Techie IT
×
गृहपृष्ठआर्थिकएनसेलबाट बाहिरिने आजियाटाको निर्णय

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय


काठमाडौं । मलेसियाको आजियाटा ग्रुप बर्हार्ड नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ ।

नेपालमा व्यावसायिक चुनौती बढेकोले बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले जानकारी दिए ।

सञ्चालक समितिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो ।

एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

एनसेलले आफ्नो व्यवसाय विस्तार हुन नसकेको र आम्दानी घट्दै गएको कारण देखाउँदै आजियता बाहिरिने लागेको जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस