Techie IT
×
गृहपृष्ठआर्थिकसुनको मूल्यमा एकै दिन २ हजार ३०० रुपैयाँले वृद्धि

सुनको मूल्यमा एकै दिन २ हजार ३०० रुपैयाँले वृद्धि


आज नेपाली बजारमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि ९० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस