Techie IT
×
गृहपृष्ठआर्थिकबढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्यमा आज वृद्धि भइरहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस