Techie IT
×
गृहपृष्ठआर्थिकप्रतितोलामा १३०० ले घट्यो सुनको मूल्य

प्रतितोलामा १३०० ले घट्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च अङ्कको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking, #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस