Techie IT
×
गृहपृष्ठआर्थिकसेयर बजारमा १८.४५ अंकको वृद्धि

सेयर बजारमा १८.४५ अंकको वृद्धि


दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको छ । नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ ।

५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूह बढेका छन् ।

गत साताको बिहीबार करिब ४४ अंकले बजार बढेपछि आइतबार र सोमबार भने करेक्सन आएको थियो । तर दुई दिनको करेक्सनपछि मंगलबार पुनस् सूचक बढेको हो । कारोबार रकम भने औसतमा रहेको छ ।

केही दिनयता विशेषगरी हाइड्रोपावर समूहमा चमक आइरहेको छ । हाइड्रोपावर समूहका कतिपय कम्पनीहरूमा सकारात्मक सर्किट लाग्ने गरी बढोत्तरी भइरहेका छन् ।

यसैगरी, बजारका लागि सकारात्मक खबरहरु पनि आइरहेका छन् । सरकार तथा नियामक निकायका पदाधिकारीहरुबीच बजार सुधारका विषयलाई लिएर छलफल र भेटघाटहरु पनि बाक्लिएका छन् ।

यस दिन २८६ कम्पनीको ८७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा परेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस