Techie IT
×
गृहपृष्ठआर्थिकसोमबार बजार एकल अकंले घट्यो, कारोबार समेत खुम्चिदै

सोमबार बजार एकल अकंले घट्यो, कारोबार समेत खुम्चिदै


सेयर बजार सोमबार पनि घटेको छ । यस दिन नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा कायम भएको छ ।

यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ ।

यसअघि आइतबार पनि बजार घटेको थियो । गत साता बजार लगातार ३ दिन बढेको थियो । विशेषगरी साताको अन्तिम दिन बिहीबार बजारमा बेस्सरी वृद्धि देखिएको थियो । करिब ६५ अंकको वृद्धिपछि आइतबारदेखि बजार घट्न थालेको हो । यही क्रमले सोमबार पनि निरन्तरता पाएको देखिन्छ ।

यस दिन २८४ कम्पनीको ६५ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस