Techie IT
×
गृहपृष्ठआर्थिकसुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो


नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस