गृहपृष्ठ ∕ आर्थिक ∕ गत साता साढे १ प्रतिशत घटेको नेप्से, यो साता कस्तो रहला फेरबदल ? गत साता साढे १ प्रतिशत घटेको नेप्से, यो साता कस्तो रहला फेरबदल ? दीप संञ्चार भदौ ३, २०८० गते ११:०२ मा प्रकाशित गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो।पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार नकारात्मक भइ बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो।साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अबका दिनमा बजार बढ्छ कि घट्छ भन्ने अन्योलता थपेको छ ।यद्यपि, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।अहिले बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, उकालो लाग्नका लागि २०४५ को ब्रेकआउट विन्दु पार गर्नु पर्नेछ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १७३ प्रतिशत कम हो।क्याटेगोरी : आर्थिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारघट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?नेप्सेमा २.७३ अंकको गिरावटसुनको मूल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?सुनको मुल्यमा फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला