Techie IT
×
गृहपृष्ठआर्थिकरिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा कुल १३ लाख ६४ हजार ३५३ जनाले आवेदन दिएकामा १३ लाख ५६ हजार ८३५ जनाको आवेदन गोलाप्रथाका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ । ७ हजार ५१७ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, रिलायबल नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस