Techie IT
×
गृहपृष्ठआर्थिकदोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से


साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।

मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।

नेप्सेघटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ ।

आज उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस