Techie IT
×
गृहपृष्ठआर्थिकटेलिकमको २० हजार रिचार्ज कार्ड हरायो

टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो


नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #नेपाल टेलिकम

तपाईको प्रतिक्रिया दिनुहोस