Techie IT
×
गृहपृष्ठआर्थिकभुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढ्यो

भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढ्यो


नेपाल राष्ट्र बैंकले चुक्ता प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढाएको छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै चुक्ता पुँजी बढाएको हो ।

भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम ४० करोड तोकिएको छ । यसअघि १० करोड चुक्ता पुँजी तोकिएको थियो ।

नयाँ भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति लिने कम्पनीले अब न्यूनतम चुक्ता पुँजी ४० करोड पुर्‍याउनुपर्ने छ । यो व्यवस्था लागु हुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यस्तै, भुक्तानी कार्डबाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने संस्थाको चुक्ता पुँजी पाँच करोड तोकिएको छ । भुक्तानी कार्डसहित अन्य उपकरणहरूसमेत सञ्चालन गर्ने संस्थाको पुँजी २५ करोड तोकिएको छ ।

नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुनेगरी सञ्चालन हुने संस्थाको पुँजी ८० करोड तोकिएको छ । बैंक तथा वित्तीय संस्था तथा विदेश स्थापना भएर नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई भने यो नियम लागु हुनेछैन ।

भुक्तानी सेवाप्रदायकको अनुमति पाएको पाँच वर्षभित्र संस्थापक सेयर बिक्री नहुने प्रावधान नीतिमा राखिएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #Nepal Rastra Bank

तपाईको प्रतिक्रिया दिनुहोस