गृहपृष्ठ ∕ आर्थिक ∕ भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढ्यो भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढ्यो दीप संञ्चार पुस २१, २०७९ गते २०:२१ मा प्रकाशित नेपाल राष्ट्र बैंकले चुक्ता प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी बढाएको छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै चुक्ता पुँजी बढाएको हो ।भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम ४० करोड तोकिएको छ । यसअघि १० करोड चुक्ता पुँजी तोकिएको थियो ।नयाँ भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति लिने कम्पनीले अब न्यूनतम चुक्ता पुँजी ४० करोड पुर्याउनुपर्ने छ । यो व्यवस्था लागु हुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।यस्तै, भुक्तानी कार्डबाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने संस्थाको चुक्ता पुँजी पाँच करोड तोकिएको छ । भुक्तानी कार्डसहित अन्य उपकरणहरूसमेत सञ्चालन गर्ने संस्थाको पुँजी २५ करोड तोकिएको छ ।नेपालमा जारी भएको भुक्तानी उपकरणमार्फत नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुनेगरी सञ्चालन हुने संस्थाको पुँजी ८० करोड तोकिएको छ । बैंक तथा वित्तीय संस्था तथा विदेश स्थापना भएर नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई भने यो नियम लागु हुनेछैन ।भुक्तानी सेवाप्रदायकको अनुमति पाएको पाँच वर्षभित्र संस्थापक सेयर बिक्री नहुने प्रावधान नीतिमा राखिएको छ ।क्याटेगोरी : आर्थिकट्याग : #Nepal Rastra Bank तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल