Techie IT
×
गृहपृष्ठआर्थिकआइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डलाई

आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डलाई


आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोस बटलरले २० रन बनाए । बेन स्टोक्सले ५२ रन बनाउँदा ह्यारी ब्रुकले २० रन र मोइन अलीले १९ रन जोडे ।

पाकिस्तानका लागि हरिस रउफले दुई विकेट लिए । शाहिन अफ्रिदी र सादाब खानको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन् ।

कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए । शान मसूदले ३८, सादाब खानले २० रन बनाए । अन्य राम्रो प्रदर्शन गरेनन् ।

इंग्ल्यान्डका साम करनले तीन विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा दुईरदुई विकेट रह्यो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking, #आइसिसी टि२० विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार