गृहपृष्ठ ∕ आर्थिक ∕ आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डलाई आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डलाई दीप संञ्चार कात्तिक २८, २०७९ गते ९:०३ मा प्रकाशित आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ ।मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।इंग्ल्यान्डको जितमा जोस बटलरले २० रन बनाए । बेन स्टोक्सले ५२ रन बनाउँदा ह्यारी ब्रुकले २० रन र मोइन अलीले १९ रन जोडे ।पाकिस्तानका लागि हरिस रउफले दुई विकेट लिए । शाहिन अफ्रिदी र सादाब खानको नाममा एकरएक विकेट रह्यो ।यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन् ।कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए । शान मसूदले ३८, सादाब खानले २० रन बनाए । अन्य राम्रो प्रदर्शन गरेनन् ।इंग्ल्यान्डका साम करनले तीन विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा दुईरदुई विकेट रह्यो ।क्याटेगोरी : आर्थिकट्याग : #breaking, #आइसिसी टि२० विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल