Techie IT
×
गृहपृष्ठआर्थिकआज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक


नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिम यदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४३ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस