Techie IT
×
गृहपृष्ठआर्थिकधितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त


काठमाडौँ -सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुुक्त गरेको हो ।


क्याटेगोरी : आर्थिक
ट्याग : #नेपाल धितोपत्र बोर्ड

तपाईको प्रतिक्रिया दिनुहोस