Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६१ रुपैयाँ ४८ पैसा छ।

स्वीस फर्याङ्क एकको खरिद दर १२८ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४ पैसा र बिक्री दर ८५ रुपैयाँ ४६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४५ पैसा छ।


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस