Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौँ -नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १० रुपैयाँ ४० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस