Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौँ -नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार