Techie IT
×
गृहपृष्ठआर्थिकयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ -नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ । अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा कायमै रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्रीदर १६१ रुपैयाँ १० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस