गृहपृष्ठ ∕ आर्थिक ∕ नयाँ बजेटमा के के छ ? मुख्य बुँदाहरु नयाँ बजेटमा के के छ ? मुख्य बुँदाहरु दीप संञ्चार जेठ १५, २०७८ गते १८:०५ मा प्रकाशित काठमाडौं — सरकारले आर्थिक वर्ष २०७८ ७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८ /७९ को बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।बजेटमा कोभिडबाट नागरिकको रक्षा गर्ने कुरालाई फोकस गरिएको छ ।बजेटमा आर्थिक सबलीकरणमा जोड दिने घोषणा गरिएको छ ।उत्पादनशीत र उत्थानसशील कसुरालाई प्राथमिकतामा राखिएको छ ।खोप व्यबस्थापनमा २६ अर्ब ७५ करोड बजेट विनीयोजन गरिएको छ ।कोभिड जोखिम न्यूनिकरण गर्नका लागि सामग्री आयात गर्न ४ अर्ब बजेट विनीयोजन गरिएको छ ।बजेटमा सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने र सम्बन्धित उद्योगलाई विजुली प्रयोगमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ ।अर्थतन्त्रलाई चलायमान गराउने कुरामा जोड दिइएको छ ।साल्ट ट्रेडिङबाट विक्रि हुने खाद्यान्न सामानमा २० प्रतिशत छुटको घोषणाचलचित्र, बिज्ञापन निर्माण कम्पनीको नविकरण निशुल्क हुनेआन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिइने भएको छ ।विद्यार्थीलाई सिमकार्ड निशुल्क वितरण गरिनेसरकारले बजेटमा ५ प्रतिशतको पुनरकर्जा व्यबसायलाई निरन्तरता दिने भएको छ । त्यसैगरी उद्यमशील कर्जालाई फोकस गरिएको छ । यसको दायरा बढाइने भएको छ भने पाँच प्रतिशत व्याजमा कर्जा वितरणका लागि १३ अर्ब विनियोजन गरिउको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमा २ लाख रोजगारी सृजना गरिने घोषणा गरिएको छ ।सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म कर्जा दिने घोषणा गरिएको छ ।सामाजिक सुरक्षा भत्ता बृद्धि गरी चारहजार बनाइयोसामाजिक सुरक्षा कोषमा सूचिकृत संस्था तथा श्रमिकले बुझाउनुपर्ने रकम मध्ये जेठ र असारको रकम सरकारले दिने भएको छ ।सरकारले स्टार्टअप कार्यक्रम घोषणा गर्दै यसरी गरिने व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा दिने भएको छ । युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न गरिने भएको छ । त्यसका लागि कामको परियोजना धितो राखेर कर्जा निकाल्न सकिने छ ।परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म पुँजी कर्जा दिइने घोषणा गरिएको छ ।निषेधाज्ञा अवधिभर उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेले शत प्रतिशत छुट तथा मासिक १५० युनिटसम्म खपत गर्नेले ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले ३० प्रतिशत महसुल छुट पाउने भएका छन् ।पर्यटन ब्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छबजेटमा तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरिएको छ ।सरकारले व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८ /७९ को बजेटमा यो घोषणा गरेका हुन् । यस्तो कर्जाको व्याजदर ५ प्रतिशत हुनेछ ।सरकारले १२ कक्षा सम्मका विद्यार्थीलाई अध्ययनका लागि एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा उपलब्ध गराउने भएको छ । बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले बैकल्पिक अध्ययनका लागि यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्ने गरी उपलव्ध गराइने बताए । सरकारले १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड भने निःशुल्क दिने घोषणा गरेको छ ।सरकारले नयाँ आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारको लक्ष रहेको छ ।सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बढाएर १० अर्ब रुपैयाँ बनाएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनःसंरचना गरी बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने छ ।सरकारले रिटायर्ड भएका खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । सहुलियत दरको कर्जा व्याजदर पाँच प्रतिशतसम्म हुने छ ।सरकारले विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बलिङका लागि विश्वका १० टप ब्रान्ड कम्पनीलाई नेपालमा उद्योग स्थापना गर्न आकर्षित गर्ने भएको छ ।त्यसका लागि विद्युतीय सवारीसाधनमा प्रयोग हुने सामग्री उत्पादन गर्ने कम्पनीलाई सहुलियत कर्जा र जग्गा उपलब्ध गराउने घोषणा बजेटमा गरिएको छ ।क्याटेगोरी : आर्थिकट्याग : #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदरहेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ