गृहपृष्ठ ∕ समाचार ∕ विवेकशील साझाको प्रादेशिक समायोजन पूरा, विदेश विभाग प्रमुखमा भट्ट नियूक्त विवेकशील साझाको प्रादेशिक समायोजन पूरा, विदेश विभाग प्रमुखमा भट्ट नियूक्त जीएनएन चैत्र ५, २०७७ गते २:२८ मा प्रकाशित काठमाडौं (जिएनएन)- विवेकशील साझा पार्टीले प्रादेशिक समायोजन पूरा गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति वैठकले यसअघि पार्टी सचिवालयले प्रस्तुत गरेको ७ प्रदेशको संयोजक र विदेशस्थित विवेकशील साझा अन्तर्राष्ट्रिय समितिको संयोजकमा केन्द्रिय सदस्य सुरेश भट्टलाई अनुमोदन गरेसँगै एकीकरणको पहिलो चरण समापन भएको हो।केन्द्रीय समिति वैठकले प्रदेश १ मा महेन्द्र थापा, प्रदेश २ मा अनिमेष कुमार मिश्र, बागमती प्रदेशमा रञ्जु दर्शना, गण्डकी प्रदेशमा महेश भण्डारी, लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमाललाई संयोजकमा अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।कतारमा विगत ६ बर्षदेखी रहेर श्रमिकका दुःख सुखमा काम गर्दै, वैचारिक र सामाजिक रुपमा सक्रिय रहेका गोरखाका सुरेश भट्टलाई विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय संयोजकमा अनुमोदन गरे संगै पार्टिले खाडीबाट पहिलो पटक विदेश विभाग प्रमुख पाएको हो।वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र, सुसंस्कृत राजनीति, समतामूलक सम्वृद्धि, परिवर्तन हाम्रै जीवनकालमा भन्दै उदाएको भ्रष्टाचार विरोधी विवेकशील साझा पार्टीले एकै पुस्ताभित्र मुलुक रुपान्तरण गर्ने लक्ष्य राख्दै भरपर्दो विकल्पको रुपमा आफूलाई जनतामाझ उभ्याएको दाबि गर्दै वन नियूक्त भट्टले गत निर्वाचनमा विवेकशील साझा पार्टीले आफूलाई तेस्रो शक्तिका रुपमा स्थापित गराएको अबगत गराए।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप