राजपुरको विवाद समाधान गर्न छानबिन समिति गठन
दाङ– केहि दिन यता देखि विवादित हुँदै आएको राजपुर गाउँपालिकाकाे बिवाद समाधान गर्न छानबिन समिति गठन भएको छ ।
शुक्रबार दाङका सहायक प्रमुख जिल्ला चिरञ्जीवी राना, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसी र कार्यपालिका सदस्य बिच भएको वृहत् छलफलले वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको संयोजकत्वमा पांच सदस्यीय छानबिन समिति गठन गरेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए।
शुक्रवार बसेको बैठकमा साधारण माध्यामिक विद्यालय सालभौरीको व्यवस्थापन समितिको मनोनित चार सदस्यीय आधिकारिकताका लागि पचास प्रतिशत अभिभावकको छानबिन गरि पचास प्रतिशत नपुगेमा समितिको भेला गराई पुनः शुरु बाट प्रक्रियामा जाने र पचास प्रतिशत पुगेमा चार सदस्यीय समितिलाई आधिकारिकता दिने त्यस्तै दुई जना पदेन सदस्य बाहेक पांच जना सदस्यहरुलाई सबैको चित्त बुझ्ने गरि सहमतिका आधारमा समितिमा छनौट गर्ने निर्णय भएको छ।
आज बसेको बैठकमा खासगरी साधारण माध्यामिक विद्यालय सालभौरीको विद्यालय व्यवस्थापन समितिका बारेमा लामो छलफल भयो, त्यो विषयलाई टुंगोमा पुर्याउनका लागि छानबिन समिति बनाएका छौ अब त्यो समितिले कस्तो प्रतिवेदन तयार पार्छ त्यसैका आधारमा अगाडी बढ्छौ उपाध्यक्ष धनपती देबी यादवले भनिन । बैठक आइतवार छब्बीस गते बस्ने भएको उनले बताए।
राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाका अनुशार विद्यालयको व्यवस्थापन समितिका बारेमा मात्र लिखित सहमति भएको छ अन्य थुप्रै असहमतिका बुँदामा भने मौखिक सहमति भएको छ। विद्यालयको समस्या हाल भयो भने अरु पनि समाधान हुनेछन भन्ने आशा लिएका छौं प्रवक्ता रोकाले भने।
क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस