गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने दीप संञ्चार माघ ९, २०७७ गते २३:०७ मा प्रकाशित दाङ तुलसीपुरको सोनापुर मिनरल्स एण्ड आयलले दूई करोड कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने भएको छ। स्थानीय, कर्मचारी तथा सर्वसाधारणका लागि दुई करोड कित्ता शेयर निश्कासन गर्नेबारे सम्झौंता भइसकेको मिनरल्स प्रा.लि.का माहाप्रबन्धक हरि पाठकले जानकारी दिए।सोनापुर मिनरल्स एण्ड आयलले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेको महाप्रवन्धक पाठकले जानकारी दिए। दूई दिन अगाडि भएको सम्झौता अनुसार सोनापुर मिनरल्सका प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।कम्पनीले २ करोड कित्ता शेयर स्थानीयबासी र सर्वसाधारणलाई वितरण गर्ने निर्णय गरेसँगै सर्वसाधारण पनि खुसी भएका छन्। यो सँगै नेपालमा सोनापुर सोना प्रा.लि. हेटौंडाको शिभम् सिमेन्ट पछि सर्वसाधारणको लागि शेयर बिक्रि गर्ने दोस्रो सिमेन्ट उद्योग बन्ने भएको छ ।‘अब हामी पनि सार्वजनिक सम्पत्ति जस्तै भएका छौं,’ महाप्रवन्धक पाठकले सेतोपाटीसँग भने, ‘यसबाट स्थानीय र सर्वसाधारणको पनि हामीमाथि स्वामित्व रहनेछ।’ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दूधरासमा सोनापुर सिमेन्ट प्रा.लि. स्थापना गरिएको छ।माहाप्रवन्धक पाठकका अनुसार यो कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो। उनले सोनापुर मिनरल्स एण्ड आयल उच्चस्तरीय र गुणस्तरीय चुनढुङ्गा रहेको कम्पनी भएको दावी गरे। ‘हाम्रो लो एमजीओ (म्याग्नेजिएम अक्साईड) भएको कम्पनी मात्रै हैन, उच्च गणस्तरिय चुनढुङ्गा भएको कम्पनी हो,’ मिनरल्सका प्रबन्धक सञ्चालक तायलले भने ‘ जसले गर्दा सोना सिमेन्ट नेपालकै एक उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने कम्पनी हो।’क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट