गृहपृष्ठ ∕ ग्लोबल ∕ आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम जीएनएन पुस २६, २०७७ गते २२:४६ मा प्रकाशित लन्डन (जीएनएन) — कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ ।विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे आधारभुत प्रशिक्षण विषयगतविज्ञ चिकित्सकहरुले सहजीकरण गरेका थिए। उक्त तालिममा मध्यपुर्वका कतार, युएई, साउदी अरब, ओमान लगायत मलेसिया, दक्षिण कोरिया, जापान, युके लगायत विश्वका श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुले सहभागिता जनाएका थिए ।जापानमा कार्यरत मनोचिकित्सक डा. विजय ज्ञवाली तथा नेपालमा कार्यरत डा. रन्जन थापाले नेपालबाट झन्डै चार घन्टा भर्चुअल विधिबाट प्रशिक्षण दिएका थिए । नेपालमा बर्सेनि ६ हजारभन्दा बढी नेपालीहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गर्दै विगत वर्षहरुको तुलनामा आत्महत्या दर बढदै गएको र यसको रोकथामका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो ।वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढदै गएकोले यसका कारण र रोकथामका लागि सामाजिक संस्थाहरु, अभियन्ताहरु, पत्रकारहरुले समस्या समाधानमा जिम्मेवारीपुर्वक काम गर्न सुझाइएको थियो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या देखिएको र आत्महत्याका घटनाहरु पनि बढेकाले संघले यस्तो प्रशिक्षण कार्यक्रम शुरु गरेको बताए।उनले यो प्रशिक्षण जारी नै रहेको र प्रशिक्षण लिन इच्छुक व्यक्तिहरुले suicideprevention@nrna.org मा इमेल पठाएर सम्पर्क गर्न सुझाव दिए। शुक्रबार मात्रै बेलायतमा एक ३२ वर्षीय लोकप्रिय गायकले आत्महत्या गरेका छन् भने केहि दिन अघि पोर्चुगलमा अर्का नेपाली युवाले आत्महत्या गरेको खबर आएको थियो। गत एक वर्षमा नेपाल बाहिर कम्तीमा १० जना नेपालीहरुले आत्महत्या गरेको आफुहरुलाई जानकारी आएको समितिले जनाएको छ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप