गृहपृष्ठ ∕ राजनीति ∕ कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी प्रिया स्मृती गजमेर पुस २२, २०७७ गते १९:२४ मा प्रकाशित दाङ्ग -राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले नेकपाको आन्तरिक लडाईको चपेटामा जनता परेको आरोप लगाए ।राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधवार लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन । सत्ता, स्वार्थ र शक्तिको लडाईका कारण देश गम्भीर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नु पर्ने बेला आएको केसीले बताए । जनताले दिएको म्यान्डेड पुरा नगर्दै सिमित स्वार्थको लागि संसद विघटन गर्नु दुखद भएको भन्दै अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी नेकपाको चर्को आलोचना गरे ।सत्ता र शक्तिमा पुगेका नेताहरुले जनताको पिडा बुझ्न सकेनन, उनीहरुले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरे केसीले भने । “लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको हो”—, यो अप्रजातान्त्रिक, असंबैधानिक तरिकाले संसद बिघटन गर्नलाई हैन—जुन दिन संसद बिघटन भयो सोहि दिन नै जनमोर्चाले समर्थन फिर्ता लिएको हो” अध्यक्ष केसीले भने ।संसद बिघटनको असर अब बिस्तारै प्रदेशमा समेत पर्न गएको भन्दै आफ्नो स्वार्थका लागि देशै बर्वाद बनाउन कसैलाई पनि छुट, छैन २०४८ सालमा पनि संसद बिघटन पछि पुनस्थापना भएको इतिहास छ त्यसैले केपी ओली सरकारले बिघटन गरेको संसद तुरुन्तै पुनस्थापना गर्नु पर्ने उनको भनाई छ ।राष्ट्रिय जनमोर्चा दाङ्गले बिहिवार दाङ्गको घोराहीमा संसद बिघटन गरेको विरुद्घमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी दाङ्ग आई पुगेका छन । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिका उपाध्यक्ष तारा प्रसाद खनालको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सदस्य बसन्त आचार्यको स्वागत र कार्यक्रमको संचालन नगर सचिव लेखराज आचार्यले गरेका थिए ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न