गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् जीएनएन पुस ८, २०७७ गते १९:१७ मा प्रकाशित कुवेत – कुवेतस्थित नेपाली राजदूताबासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको निधन भएको छ। रगतको क्यान्सरका कारण ज्ञवालीको शुक्रबार निधन भएको हो।रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी ज्ञवालीको पार्थिव शरीर आइतबार नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। कुवेतको जजिरा एयरलाइन्समार्फत् शव पठाइएको हो।२८ वर्षीया ज्ञवाली अर्घाखाँची चिदिकाकी हुन्। अविवाहित ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्। तर, अघिल्लो बुधबारदेखि ज्ञवालीको अवस्था निकै गम्भीर भएको थियो।स्वास्थ्यमा सुधार नभएपछि शुरुमा ज्ञवालीले नेपाली दूताबास नजिकै रहेको मुभारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन्। परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि उनलाई राहत भएन।त्यसपछि उनलाई मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर पठायो। कुवेतमा उनलाई भेट्न गएका दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भए पनि उनको बसाइ एक्लै थियोे।तीन महिनाअघि उनीसँगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन्। छोरीको आइसियूमा भर्ना भए पनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन्।आमा नेपाल फर्केकै समय ज्ञवालीको निधन भएको हो। लकडाउनको समयमा भएको प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएकी ज्ञवाली तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा नेपाल फर्केको दिन नै कार्यस्थल कुवेत आएकी थिइन्।श्रम सहचारी ज्ञवालीको निधनप्रति राजदूतावासले दुःख व्यक्त गरेको छ। राजदूत दुर्गाप्रसाद भण्डारीले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको बताउँदै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप