गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् कुवेतमा कार्यरत नेपालीको सेवा गरिरहेकी थिइन्, क्यान्सरसँग लड्दा–लड्दै कोमामै अस्ताइन् जीएनएन पुस ८, २०७७ गते १९:१७ मा प्रकाशित कुवेत – कुवेतस्थित नेपाली राजदूताबासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको निधन भएको छ। रगतको क्यान्सरका कारण ज्ञवालीको शुक्रबार निधन भएको हो।रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी ज्ञवालीको पार्थिव शरीर आइतबार नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। कुवेतको जजिरा एयरलाइन्समार्फत् शव पठाइएको हो।२८ वर्षीया ज्ञवाली अर्घाखाँची चिदिकाकी हुन्। अविवाहित ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन्। तर, अघिल्लो बुधबारदेखि ज्ञवालीको अवस्था निकै गम्भीर भएको थियो।स्वास्थ्यमा सुधार नभएपछि शुरुमा ज्ञवालीले नेपाली दूताबास नजिकै रहेको मुभारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन्। परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि उनलाई राहत भएन।त्यसपछि उनलाई मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर पठायो। कुवेतमा उनलाई भेट्न गएका दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भए पनि उनको बसाइ एक्लै थियोे।तीन महिनाअघि उनीसँगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन्। छोरीको आइसियूमा भर्ना भए पनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन्।आमा नेपाल फर्केकै समय ज्ञवालीको निधन भएको हो। लकडाउनको समयमा भएको प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएकी ज्ञवाली तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा नेपाल फर्केको दिन नै कार्यस्थल कुवेत आएकी थिइन्।श्रम सहचारी ज्ञवालीको निधनप्रति राजदूतावासले दुःख व्यक्त गरेको छ। राजदूत दुर्गाप्रसाद भण्डारीले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको बताउँदै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै