गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास संसद विघटनको सिफारिश फिर्ता गर – विवेकशील साझा पार्टी प्रवास दीप संञ्चार पुस ८, २०७७ गते २:०१ मा प्रकाशित दोहा – विवेकशील साझा पार्टी प्रवासले प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटनको लागि चालेको कदमलाई असंवैधानिक भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेको छ।प्रवासले कतार स्थित नेपाली राजदूतावास मार्फत नेपाल सरकार मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयलाई एक ज्ञापन पत्र मार्फत यस्तो आग्रह गरेको हो।विवेकशील साझा पार्टी प्रवासका केन्द्रि सदस्य सुरेश भट्ट आश्रिन द्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “प्रधानमन्त्री केपी ओलीले अनायास संसद विघटनको सिफारिश गर्नु असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम र संविधानमाथिको स्पष्ट ‘कू’ भएको ठहर गर्दै हामी प्रवासमा रहेका नेपालीहरुका तर्फबाट यो कदमबाट पछि हट्न अनुरोध गर्दछौँ ।”श्रमिक नेपालीको पिडामा बेखबर रहेको सरकारले यस्ता जनविरोधी काम गर्नू भनेको कर्तव्य विमुखको पराकाष्ठा भएको दाबि गर्दै पत्रमा नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको तथा संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई हुँदाहुँदै निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री र राष्ट्रपतिले देशमाथी घात गरेको ठहर गरिएको समेत उल्लेख गरिएको छ।उक्त ज्ञापन पत्रमा पटकपटक सर्वोच्च अदालतबाट विदेशमारहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न गरेको आदेश समेत पालना नगरेको तथा कोरोनाकालमा समेत प्रवासमा रहेका प्रवासीलाई वेवास्ता गरेको आरोप लगाउंदै यस पछिल्लो कदमले प्रवास रहेका लाखौँ श्रमजीवी नेपालीको मन कुँडिएको कुरा उल्लेख गरेको छ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप