गृहपृष्ठ ∕ राजनीति ∕ रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोजौं — जसपा अध्यक्ष यादव रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोजौं — जसपा अध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस ५, २०७७ गते १३:१४ मा प्रकाशित दाङ्ग – जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहा गरेर राजनीतिक समाधान खोजिनु पर्ने बताए । त्यो मुद्दालाई राजनीतिक हल गरिनु पर्छ, यदि रेशम चौधरीलाई रिहाई गरिएन भने हाम्रो बिद्रोह पनि रोकिने छैन यादवले भने ।दाङ्गको लमहीमा देउखुरी टुडे संचार प्रालिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गर्नमै व्यस्त रहेको आरोप लगाएका छन । दुई तिहाईको दम्भमा ओली सरकार मानसिक सन्तुलन गुमाई सकेको छ, जनताको अपार माया पाएर पनि सत्तामा पुगेपछि आफ्नो नैतिक जिम्मेवारी भुली सकेको छ यादवले भने ।कुनै पनि मुलुकमा राजनीतिक घटनाक्रमका समाधान राजनीतिक नै हुनु पर्ने बताउदै राजनीतिक घटनाक्रमलाई अपराधिक रंग दिएर जेलमा हाल्ने, थुन्ने हो भने कुनै पनि हालतमा समाधान नहुने अध्यक्ष यादवको भनाई छ । सरकार गलत दिशा तर्फ अघि बढेको छ, बिगतका घटना हेर्ने हो भने टाउकाको मूल्य तोकिएकै हो, राजतन्त्रका बेला रामराजा प्रसाद सिंहलाई त् सर्बोच्चले फाँसीको सजाय घोषाणा गरेको स्मरण गर्दै धेरै मान्छे कैयौं वर्ष जेल जीवन बिताएका थिए ।के त्यति गरेर पनि के राजनीति अभिष्ट पुरा भयोत ? के राजतन्त्र टिक्यो त ?उनले प्रश्न गरे ।जब सम्म असमानता र विभेद रहन्छ तब सम्म यस्तै बिद्रोह चलिरहने समेत यादवले बताए । मलाई थुनेर मधेसको मुद्दालाई ब्युताउन खोजेका थिए झन् ठुलो विस्फोट हुन् गयो उनले भने ।लुम्बिनी प्रदेश समाजबादी महिला संघमा आबद्घ महिलाहरुका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न पार्टी अध्यक्ष यादव दाङ्ग आएको लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताए । लुम्बिनी प्रदेशका बाह्र वटा जिल्लाका एक सय भन्दा बढी महिलाहरु कार्यक्रममा सहभागी भएका छन् उक्त प्रशिक्षण आइतवार र सोमवार गरि दुई दिन चल्ने छ ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप