गृहपृष्ठ ∕ ग्लोबल ∕ श्रीमानको मृत्युको पिडा सहन नसकेर साइप्रसमा नेपाली युबतीले गरिन आत्महत्या श्रीमानको मृत्युको पिडा सहन नसकेर साइप्रसमा नेपाली युबतीले गरिन आत्महत्या जीएनएन मंसीर २३, २०७७ गते १९:१९ मा प्रकाशित साइप्रस (जीएनएन) — साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउंपालिका वडा न. ८ खरे घर भएकी हाल साइप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिया शुक्री तामागंले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएको छ ।मृतक तामांग २०१९ साल अक्टोबर महिनामा काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साइप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. रामजीवन पन्जियारले जानकारी दिएका छन् । मृतक तामांगको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाइने डा. पन्जियारले बताए ।प्राप्त जानकारी अनुसार मृतक युवती वैवाहिक सम्बन्धमा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए ।आइतबार श्रीमान सुबिनको बलेरो दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ । मृतक युवतीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासू ससुरासंग माफी माग्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिइन् । घरेलु कामदारको रुपमा साईप्रस आएकी शुक्रीले श्रीमानको मृत्युकाे पीडा सहन नसकी आत्महत्या गरेकाे हुनसक्ने अनुमान गरिएको छ।क्याटेगोरी : ग्लोबल, यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल