दाङ्गको लमहीमा रेकर्डिङ स्टुडियो खुल्यो
दाङ्ग- दाङ्गको लमही नगरपालिका वडा नम्बर ५ कान्छी रोडमा महोत्तरी बर्दिवास स्थायी घर भएका आर एस शर्माले “आर एस फिल्मस रेकर्डिङ स्टुडियो” संचालनमा ल्याएका हुन । स्टुडियोको उद्घाटन लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले गरेका हुन ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले प्रदेश राजधानी संग संगै गित रेकर्डिङ स्टुडियो संचालनमा आउनु खुशीको कुरा भएको बताईन । लमहीमा संचालनमा आएको रेकर्डिङ स्टुडियो दिर्घकालिन हुनु पर्ने र नव कलाकारको सारथि बन्न सक्नु पर्ने पर्ने धारणा व्यक्त गरिन ।
त्यस्तै स्टुडियो उद्घाटन गर्दै नगर प्रमुख कुल बहादुर केसीले सिंगो नेपालको प्रतिनिधित्व गर्ने हैसियत राख्ने कलाकार दाङ्गमा भएकोले रेकर्डिङ संचालकले ति कलाकारहरु संग सहकार्य गरेर अघि बढ्न सके राम्रो हुने बताए । लुम्बिनी प्रदेशको मध्ये विन्दुमा रहेकोले आर्थिक देखि लिएर समयको पनि बचत हुने भएको बताउदै कलाकारको मन जितेर काम गर्न आग्रह गरे । रेकर्डिङ स्टुडियोका लागि स्थानीय सरकारले कहाँ के गर्नु पर्छ सहकार्य गर्न तयार भएको बताए ।
कार्यक्रममा हास्य कलाकार कमल गाउँले, साहित्यकार नीम बहादुर थापा, सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशका संयोजक केपी घिमिरे लगायतले शुभ कामना व्यक्त गरेका थिए भने गायक तथा संगीतकार यादब योगी, बाला गोविन्द चौधरी, शनिराम चौधरी, शेर बहादुर चौधरी पत्रकार लिला शाह, शिबु खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गरेका थिए ।
लमहीमा संचालन भएको स्टुडियोबाट अडियो, भिडियो, कभर भिडियो, सिरिएल भिडियो लगायतको काम हुने संचालक शर्माले बताए । स्टुडियो संचालक शर्मा आफै पनि भोजपुरी गायक हुन । उनले करीब ८ वटा भोजपुरी गितमा आवाज भरि सकेको बताए । सानै देखि गित संगीतमा रुची भएका शर्माले आफ्नो शौक पुरा गर्नकै लागि यो क्षेत्रमा लागेको बताए । आफु तराईबासी भएका कारण भोजपुरी गितमा झुकाब रहेको बताउदै शुरु शुरुमा गित रेकर्डिङ गर्न भारतको नयाँ दिल्ली, मुम्बई जस्ता शहरमा पुग्ने गर्दथे ।
कामको शिलसिलामा ४÷५ वर्ष अघि दाङ्ग आएका थिए । उनि काष्ठबाट बन्ने घरायसी सामग्री निर्माण गर्ने सिकर्मी पनि हुन । कामको शिलसिलामा दाङ्ग आए, त्यसपछि प्रदेश राजधानी भएपछी केहि सम्भावना देखेर स्टुडियो खोल्ने मनसाय बनाएको हुँ शर्माले भने । उनको साथमा लामो समय भारतीय रेकर्डिङ स्टुडियोमा अनुभव संगालेका प्राविधिक छन । अब त् सबै काम कम्प्युटर प्रविधिबाट गर्ने गरिन्छ बाँकी काम मुम्बईबाट गरेर सेवाग्राहीलाई सन्तुष्टि दिने प्रयत्न रहने उनको भनाई छ ।
क्याटेगोरी : कला/साहित्य, प्रदेश ५
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस