गृहपृष्ठ ∕ समाचार ∕ कुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ कुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ जीएनएन भदौ २४, २०७७ गते २१:३९ मा प्रकाशित कुवेत — कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको जाबृया भन्ने ठाउमा नेपालीहरु समेतको सम्लग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण बिबरण भने खुलाईएको छैन।कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर ०७,२०२० का दिन प्रकशित समाचारमा भनिएको छ”छापा मारिएको मध्ये अहिले सम्मकै ठूलो मदिरा उत्पादन केन्द्रबाट १७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ राखिएको भेटिएको छ।साथै यो कच्चा पदार्थहरुबाट दश हजार भन्दा बढी बोटल घरेलु मदिरा उत्पादन गर्न सकिने बताईएको।समाचारका अनुसार” घरेलु मदिराको गन्ध आउन सक्ने हुँदा कुवेतको जाबृया स्थित दुई वटा घरहरु(भिल्ला) पूर्ण रुपमा भाडामा लिएर उक्त मदिरा उत्पादन केन्द्र चलाईएको थियो। साथै धेरै कारहरुको आबत-जावत भईरहने र पानीका कार्टुनहरु लाने-ल्याउने गरिरहने गरेको उजुरीको आधारमा उक्त स्थानमा छापा मारिएको थियो।”क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल