गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए तिलु शर्मा पौडेल भदौ २१, २०७७ गते २०:०० मा प्रकाशित दोहा – कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् ।गएको मार्च ९ तारिखमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाएसँगै बन्द रहेका उडानहरू कतारबाट नेपालतर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार कतार प्रवेश गरेको यो पहिलो पटक हो ।झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भण्डारी सहित ७ जना कामदारहरू कतार आएका हुन् । कम्पनिले कतार ईन्ट्री पर्मिट निकालीदिएपछि चिने जानेको म्यानपावरको साथीमार्फत टिकट र पिसिआर परीक्षणको रिपोर्ट लिएर उनीहरू कतारमा अवतरण गरेका हुन् । भण्डारीका अनुसार नेपालको लकडाउनको अन्त्य भएसँगै नेपालीहरूले कतारमा सहजै प्रवेश पाउने विश्वास व्यक्त गरेका छन् ।कस्तो छ कतार एयरपोर्टमा व्यवस्था ?हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण पश्चात् सातै जनाको मोबाइलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाँच गरी एप्लिकेशनमा पहेँलो (होम क्वारेन्टाइन) चिन्हमा परिणत गरिएको छ भने उनीहरूलाई होटेलको क्वारेन्टाइनमा राखिएको छ।कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरूले कोरोनाको पिसिआर परीक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरियो सूचक चिन्ह आएपछि नियमित कार्यमा फर्कन अनुमति दिइने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाइनमा राखिने सरकारको प्रावधान रहेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप