गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए तिलु शर्मा पौडेल भदौ २१, २०७७ गते २०:०० मा प्रकाशित दोहा – कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् ।गएको मार्च ९ तारिखमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाएसँगै बन्द रहेका उडानहरू कतारबाट नेपालतर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार कतार प्रवेश गरेको यो पहिलो पटक हो ।झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भण्डारी सहित ७ जना कामदारहरू कतार आएका हुन् । कम्पनिले कतार ईन्ट्री पर्मिट निकालीदिएपछि चिने जानेको म्यानपावरको साथीमार्फत टिकट र पिसिआर परीक्षणको रिपोर्ट लिएर उनीहरू कतारमा अवतरण गरेका हुन् । भण्डारीका अनुसार नेपालको लकडाउनको अन्त्य भएसँगै नेपालीहरूले कतारमा सहजै प्रवेश पाउने विश्वास व्यक्त गरेका छन् ।कस्तो छ कतार एयरपोर्टमा व्यवस्था ?हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण पश्चात् सातै जनाको मोबाइलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाँच गरी एप्लिकेशनमा पहेँलो (होम क्वारेन्टाइन) चिन्हमा परिणत गरिएको छ भने उनीहरूलाई होटेलको क्वारेन्टाइनमा राखिएको छ।कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरूले कोरोनाको पिसिआर परीक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरियो सूचक चिन्ह आएपछि नियमित कार्यमा फर्कन अनुमति दिइने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाइनमा राखिने सरकारको प्रावधान रहेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट