गृहपृष्ठ ∕ समाचार ∕ अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान जीएनएन भदौ २०, २०७७ गते २१:१५ मा प्रकाशित काठमाडौं – ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियाे।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। गीतासँग प्रेम अफेयरमा रहेको कुरा निर्मल स्वयंले स्वीकारेको प्रहरीले जानकारी दिएको छ।श्रीमानसँग गीताको सम्बन्ध राम्रो नभएको पनि प्रहरी अनुसनधानबाट खुलेको छ। सोहीकारण निर्मलले गीतालाई हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक केसीले निर्मललाई पैसासमेत राख्न दिएकी थिइन्। उक्त पैसा फिर्ता मागेपछि निर्मलले हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार मृतकको श्रीमान घरमा नभएको बेला निर्मल आउने जाने गरेका थिए। मृतक केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ। उनी उक्त अस्पतालमा ‘हाउस किपिङ’को रुपमा कार्यरत थिइन्।मृतक केसीलाई भतिजा निर्मलले नै अस्पताल लगिदिने र ल्याइदिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मृतक केसीले हत्या भएको दिन श्रीमानलाई ढाँटेर आफू अस्पताल जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी अस्पताल नगइ भतिजा निर्मलसँग जंगल गइ केही समय उनीहरु एकान्तमा गएर बसेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप