गृहपृष्ठ ∕ समाचार ∕ निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने जीएनएन भदौ २०, २०७७ गते ६:४८ मा प्रकाशित काठमाडौं — निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने भएका छन्। बिमा समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका छन्।‘बिमा समितिको परिपत्रअनुसार कोभिड-१९ को दाबी भुक्तानी दिँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला,’ उक्त बिमा कम्पनीले परिपत्रमा भनेको छ, ‘निजी ल्याब तथा अस्पतालमा गरिएको परीक्षणका आधारमा भुक्तानी नदिनु होला।’बिमा समितिले पनि कोरोना परीक्षण र रिपोर्ट दिने काममा बदमासी भएको भन्दै कडाइ गर्न निर्देशन दिएको थियो। कोरोना बिमा मापदण्ड २०७७ मा ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ,’ उल्लेख छ।बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समयमा बदमासी बढेकाले कडाइ गरिएको बताए। ‘अहिले निजी ल्याबमा गरिएको परीक्षणमा फ्रड देखियो भन्ने कुरा धेरै आयो, त्यसैले गर्दा सरकारी निकायबाट भएको परीक्षणका आधारमा मात्रै भुक्तानी गर्न भनेका हौँ,’ उनले भने।स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको प्रमाण दिए दाबी भुक्तानीमा समस्या नहुने पौडेलले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने