नवगठित जसपा नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई आचारसहिंता मार्फत कस्न ल्यायो १२ बुँदे आचारसहिंता
काठमाडौं – नवगठित जनता समाजवादी पार्टी नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई आचारसहिंतामार्फत कस्ने काम गरेको छ । सो पार्टीले नेता तथा कार्यकर्ताहरुका लागि १२ बुँदे आचारसहिंता ल्याएको छ । आचारसंहिता अनुसार नेता र कार्यकर्ताले अब जथाभावी बोल्न तथा लेख्न पाउने छैनन् । त्यस्तै पार्टीको जानकारीविना कुनै कार्यक्रममा सहभागी हुन नपाउने तथा अन्तर्राष्ट्रिय कार्यक्रममा पनि सहभागी हुन नपाउने नियम बनेको छ । विदेश जानुपर्दा पार्टीसँग अनुमति लिएर मात्र जानुपर्ने आचारसहिंता मार्फत निर्देशन दिइएको छ ।
पार्टीले जारी गरेको आचारसहिंता कसैबाट उल्लघंन भएमा पार्टीको विधानअनुसार कारवाही गर्ने पनि भनिएको छ । संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कर्याकारी समिति, प्रदेश समिति, स्थानीय तह लगायत पार्टी समितिहरुका नेतृत्वमा रहने सम्पूर्ण सदस्यहरुले पार्टीको घोषणापत्र, विधान, नियमावली पार्टीका सर्वोच्च निकायले गरेका निर्णयहरु र निर्देशनलाई अनिवार्य रुपले पालना गर्नुपर्ने संहितामा उल्लेख गरिएको छ ।
त्यस्तै पार्टीले गरेका निर्णयहरुको सम्बन्धमा आफूलाई चित्त नबुझेको खण्डमा आफू संगठित रहेको समितिभित्र मात्र आफ्नो धारणा लिखित वा मौखिक रुपमा राख्न पाउनेछन् । त्यसको विरुद्धमा बाहिर समाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पूर्ण रुपमा रोक लगाइएको छ । त्यतिमात्र होइन, पार्टीको धारणा भनेर आफ्नो विचार र धारणा व्यक्तिगत रुपमा राख्न पनि सो पार्टीले रोक लगाएको छ । पार्टीको आधिकारिक धारणा पार्टी प्रवक्ता वा तोकेको व्यक्तिबाट मात्र सार्वजनिक गर्ने आचारसंहितामा भनिएको छ ।
पार्टी नेतृत्वमा रहेर कुनै पनि व्यक्तिले गल्ती गरेको वा पार्टी हित विपरित कार्य गरेको लागेमा सम्बन्धित समितिको बैठकमा अनुमति लिएर मात्र सप्रमाण सम्मानजनक रुपले आफ्नो धारणा राख्न पाइने नियम बनेको छ । कुनैपनि माथिल्लो समितिको साथीको आलोचना तल्लो समितिमा गर्न र गराउनु नहुने पनि आचारसहिंतामा उल्लेख गरिएको छ । पार्टीको आधिकारिक निर्णय वा अनुमति नलिई अनाधिकृत रुपमा अर्काको कार्य क्षेत्र वा जिम्मेवारी वा क्षेत्राधिकारमा हस्तक्षेप गर्ने वा अन्य कुनै गतिविधि गर्न नपाइने पनि पार्टीले भनेको छ ।
पार्टीविरुद्ध भ्रम फैलाउने, पार्टीको आन्तरिक एकतालाई कमजोर पार्ने, पार्टी नेता तथा कार्यकर्ता विरुद्ध गलत एवं भ्रामक प्रचार गर्ने, गराउने वा समाजिक सञ्जाल तथा सञ्चारमाध्यमद्धारा अभिव्यक्ति दिने वा दिन लगाउने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि पार्टीभित्र गुट उपगुट खडा गर्ने, एक आपसमा मतभेद तथा वैमश्यता उत्पन्न गराई आपसी दुरी बढाउने, आफूलाई मन नपर्ने नेता कार्यकर्ताविरुद्ध जथाभावी बोल्ने, पार्टी नीति, सिद्धान्त र विधान विपरित कार्य गर्ने, पार्टी रहेर पनि पार्टीहित विपरित गतिविधि र कार्य गर्ने, पार्टी विरोधीसँग आन्तरिक रुपमा साँठगाँठ गर्ने, पार्टी गोपनियता भंग गर्ने र पार्टी भित्रका आन्तरिक गतिविधि सम्बन्धी सूचना बाहिर लैजाने, पार्टीभित्र हुने गरेका आन्तरिक अन्तरविरोधलाई हल गर्नुको सट्टा चर्काउने र एकअर्का विरुद्ध उपयोग गर्ने जस्ता कार्य अत्यन्त घृणित कार्यहरु रहेको आचारसहिंतामा उल्लेख गरिएको छ ।
कसैले पनि यस्ता निन्दनीय कार्य गर्न गराउन वा गर्न प्रोत्साहन नगर्नमा पूर्णरुपमा रोक लगाएको छ । प्रत्येक पार्टी सदस्य संगठन अन्तर्गत रहनुपर्दछ र अल्पमत, बहुमतको फैसला मान्नुपर्नेमा आचारसहिंतामा जोड दिइएको छ । त्यसैगरी, पार्टी समितिका सदस्य साथीहरुले एक अर्को समितिमा साथीहरुसँग सोझै राजनीतिक वा संगठनात्मक रुपले सम्पर्क राख्न नहुने समेत जनाइएको छ ।
आवश्यक परेमा प्रत्येक स्तरको कार्यालय वा आफू संगठित रहेको समितिमार्फत राख्नुपर्ने भनिएको छ । कुनै पनि अन्तर्राष्ट्रिय संगठन, संघ–संस्था र कुटनीतिक नियोगले मलुकभित्र वा बाहिर आयोजना गरिएको कार्यक्रममा प्रतिनिधित्व गर्न वा सहभागी हुनुपर्ने भएमा पार्टीको केन्द्रीय कार्यालयलाई सो कार्यक्रमबारे विस्तृत जानकारी गराई सहभागी हुनुभन्दा अगावै पार्टीको अनुमति वा पूर्व स्वीकृत लिनु पर्ने आचारसहिंता उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस