गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण कोरोना संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण जीएनएन साउन २४, २०७७ गते २०:५८ मा प्रकाशित पोर्चुगल – पोर्चुगलमा कोरोना संक्रमितहरूको उपचारमा खटिएका ४ हजार १ सय ९५ जना स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।संक्रमित स्वास्थ्यकर्मीहरूमा ५ सय ५३ जना डाक्टर, एक हजार २ सय ८९ जना नर्स, एक हजार २ सय २७ जना अप्रेशन असिस्टेन्ट र १ सय ६६ जना टेक्निकल असिस्टेन्ट रहेका छन्।अझै पनि ६ सय ३६ जना स्वास्थ्यकर्मीहरू संक्रमित रहेको र उनीहरूको उपचार भइरहेको स्वास्थ्य महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।संक्रमित स्वास्थकर्मीहरूमध्ये ३ हजार ५ सय ५९ जना रिकभर भइसकेको स्वास्थ्य महानिर्देशनालयको तथ्याकमा उल्लेख छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका २१३ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। ३ जनाले ज्यान गुमाएका छन्। मृतकहरुमध्ये २ जना उत्तरी क्षेत्रमा र एक जना लिस्बनमा रहेका छन्।पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमितको संख्या ५२ हजार ६१ पुगेको छ।कोरोनाकै कारण अस्पतालमा भर्ना भएकाहरूको संख्या ३ सय ६९ रहेको छ। जुन अघिल्लो दिनको तुलनामा १५ ले कम हो। संक्रमितहरूमध्ये ४२ जनाको आइसियुमा उपचार भइरहेको छ।अहिलेसम्म उपचार पश्चात ३७ हजार ८ सय ४० जना निको भइसकेका छन्। एक हजार ३ सय १७ जनामा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण भइसकेको र नतिजाको पर्खाईमा छन्।पोर्चुगलमा घरबाहिर बन्द सार्वजनिक स्थानहरूमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। लिस्बन महानगरपालिकाभित्र बढीमा १० जना र पोर्चुगलको प्रमुख भूगोलमा बढीमा २० जना मात्रै भेला हुनसक्ने गरी सरकारले प्रतिबन्ध लगाएको छ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप