गृहपृष्ठ ∕ समाचार ∕ अफ्रीकाका नेपालीमाझ कोरोना संक्रमण- २२ मध्ये १ को मृत्यु, बाँकी उपचाररत अफ्रीकाका नेपालीमाझ कोरोना संक्रमण- २२ मध्ये १ को मृत्यु, बाँकी उपचाररत जीएनएन साउन १९, २०७७ गते २२:०६ मा प्रकाशित जोहान्सवर्ग, दक्षिण अफ्रीका- दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। अफ्रीका महादेशका ५४ देशमध्ये दक्षिण अफ्रीका कोरोना संक्रमणबाट सबैभन्दा नराम्रोसंग प्रभावित देश हो।अमेरिका, ब्राजिल, रुस र भारतपछि कोरोनाबाट सबैभन्दा प्रभावित देशमध्ये दक्षिण अफ्रीका पाँचौ देश हुनपुगेको छ। दक्षिण अफ्रीकाका स्वास्थ्यमन्त्री स्कुविजिनाए मैकिनिजेले आज सोमबारमात्रै कोरोना संक्रमणका १०,१०७ नयाँ केश सार्वजनिक भएको बताएका छन। जुन आजसम्मै सबैभन्दा उच्च संख्या हो। योसंगै दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको छ भने ८ हजार १५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।कोरोना संक्रमणबाट दक्षिण अफ्रीकामा एकजना नेपालीको पनि मृत्यु भएको छ। जोहान्सवर्गमा कार्यरत पाँचथर झापाका ३४ बर्षका युवा नियालसन बोखिम लिम्बुको निधन भएको हो। उनको मृत्यु कोरोनाको कारणले भएको अस्पताल श्रोतले पुष्टि गरेको छ। उनी वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।हालसम्म अफ्रीकामा २२ जना नेपाली नागरिकहरुमाझ कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ११ जनाको उपचार भैरहेको छ। संक्रमितमध्ये १० निको भई फर्किईसकेका पनि छन। कोरोना संक्रमित हुनेहरुमा साउथ अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा रहेका नेपाली नागरिकहरु रहेको खबर नाईजेरिया लेगोसमा बसोबास गर्दैआऊनुभएका गैरआवासिय नेपाली संघ एनआरएनएका पूर्वकोषाध्यक्ष एवं एनआरएनए भाषा साहित्य तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले जानकारी गराऊनुभएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप