गृहपृष्ठ ∕ समाचार ∕ एसिड पीडित भन्छन् : आक्रमणकारीलाई जन्म कैद नै हुनुपर्छ एसिड पीडित भन्छन् : आक्रमणकारीलाई जन्म कैद नै हुनुपर्छ जीएनएन साउन १९, २०७७ गते १९:५२ मा प्रकाशित काठमाडौं – तेजाब (एसिड) पीडितहरुले आक्रमण गर्ने व्यक्तिलाई जन्मकैदको माग गरेका छन् ।प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा उनीहरुले कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको बताए ।एसिड आक्रमणबाट पीडित जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताइन्। ‘कानून अनुसार ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय अनुहार नै कुरुप भएकाहरुलाई छ।के अरु शरिरको कुनै अर्थ नै छैन’, समितिमा जेनीले भनिन्, ‘मेरो त हातभरी छ, घाँटीभरी छ, अनुहार त मेरो बचेको छ त्यो मेरो भाग्यले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो ।’उनले क्षतिपूर्ति भन्दा पनि उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन्।एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गरिन्।८ वर्ष सम्म कैद सजाय हुने भएपनि अपराधीले विभिन्न कारणले चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको उनको तर्क थियो। ‘हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ’, मुस्कानले भनिन्, ‘त्यसैले अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’एसिड आक्रमणबाट पीडित संगीता मगरले पनि सजाय कम हुँदा प्रतिशोध लिने बढेको बताइन् ।समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कानूनलाई समय सापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।त्यस्तै समन्वयका लागि महिला बालबालिका मन्त्रालयलाई निर्देशन गरेको छ। साथै समितिले एसिड सर्वसुलभ उपलब्ध हुने अवस्था भएकाले प्रतिशोधको हतियार बनेको उल्लेख गर्दै कडाई गर्न निर्देशन दिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने