गृहपृष्ठ ∕ समाचार ∕ सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते जीएनएन साउन ३, २०७७ गते १०:२२ मा प्रकाशित धरान – सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको थियो।नेपाल-भारत सीमा नजिकैको मोरम चोकमा तस्कर समूहले अवैध सामान नेपाल भित्र्याउँदै गरेपछि सशस्त्र प्रहरीले बरामत गर्न खोज्नासाथ तस्कर समूहले ढुङ्गामुढा प्रहार गरी हतियार खोस्ने प्रयास गरेकाले बाध्य भएर गोली हान्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए। सशस्त्र प्रहरीको गोली लागि सुनसरी हरिनगरका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ। अन्सारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।तस्करहरुको समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवना जिवराज विशंखे घाइते भएका छन्। उनको सशस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।शनिबार बिहानै घटनास्थलमा सयौंको संख्यामा स्थानीय भेला भएका छन्। स्थानीय वासिन्दाले प्रहरीको विरोध गर्न थालेपछि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र र सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल घटनास्थल पुगेर स्थिति साम्य पार्ने काम भइरहेका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।बिहीबार रातिपनि हतियार धारी समूहबीच देवानगन्जमा दोहोरो भिडन्त भएको थियो। प्रहरी र हतियार धारीबीच दोहोरो भिडन्त हुँदा दुई हतियारधारी घाइते भएका छन्। दुवैको प्रतिष्ठानमा उपचार भइरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै