गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पोखराका प्रेम गुरुङको कुवेतमा मृत्यु पोखराका प्रेम गुरुङको कुवेतमा मृत्यु दीप संञ्चार असार ३०, २०७७ गते २०:२२ मा प्रकाशित कुवेत -पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।उनको आज जुलाई १४, २०२०-मंगलबारका दिन मृत्यु भएको हो।मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने”कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्यु भएकोमा हामी धेरै दुखी छौं । आज बिहान करिब ८:०० बजे डिउटी पुगेर सबै संगै बसी खाजा खायौ। त्यस पछी बसेकै कुर्सिमा उहाँ ढल्नु भयो । अनी हामीले एम्बुलेन्स बोलायौं, अस्पताल पुर्याउदा त उहाँको मृत्यु भैसकेको बताइयो।” उनले थपे, “खास प्रेम दाईलाई केही समय देखी प्रेसरको रोगले च्यापेको थियो। उहाँ केही समय देखी झोक्राएर बस्नुहुन्थ्यो, धेरै बोल्नु हुँदैन थियो ।”नेपाली राजदूतावास कुवेतकी दितिय सचिव जानकी ओझाले भनिन्, “प्रेम गुरुङको मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी दूतावासलाई आईसकेको छ। उनको मृत्युको कारण र अन्य विवरण भने आउन बाँकी छ। हामीले मृतकको परिवारसंग समन्वय गरेर कानुनी प्रकृयाका कामहरू अगाडि बढाउन शुरु गरी सकेका छौ।”बिगत १६ वर्ष देखी कुवेतमा काम गर्दै आएका करिब ५१ बर्षिय मृतक प्रेम गुरूङको घरमा श्रीमती र एक छोरा रहेका छन्। क्याटेगोरी : गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने