बेलायतस्थित आध्यात्मिक योग समूहद्वारा नेपालका संघसंस्थालाई सहयोग प्रदान
लन्डन – बेलायतस्थित व्यवसायीहरु आवद्ध स्वयंसेवी संस्था, आध्यात्मिक योग समूहले नेपालका विभिन्न संस्था तथा कलाकार समूहहरुलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
बिहीबार आयोजित एक भर्चुयल बैठकमा समूहका संयोजक कुल आचार्यले आफुहरुले नेपाली साढे तीन लाख बराबर रकम सामाजिक कामका लागि संकलन गरेको बताए । जसमध्ये गुरु डा. चिन्तामणि योगी मार्फत रु. एक लाख दांगस्थित शान्ति बाल गृह र सप्तरी स्थित बाबा बनखण्डी गुरुकूलका लागि; रु. एक लाख देवघाट धामस्थित बालबालिकाको पठनपाठनका लागि, रु.एक लाख दोहोरी कलाकारहरुका लागि र रु.५०,००० मुन्द्रे कमेडी क्लब मार्फत सामाजिक कामको लागि प्रदान गर्ने निर्णय गरेको उनले बताए ।
सो अवसरमा मन्तव्य दिंदै काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले संसारमा जहाँ बसे पनि आफ्नी माता र जन्मभूमिलाई न बिर्सन आग्रह गरे । जुनसुकै भाषा, सम्प्रदाय, समुदाय र जातिका भए पनि हामी नेपाली हौँ भन्दै उनले नेपाल दुख्दा म पनि दुखी बन्नु पर्छ र नेपाल हाँस्दा म पनि हाँस्न सक्नु पर्दछ, सर्बकल्याण खोज्न नसक्दासम्म आत्मकल्याण सम्भव हुदैन, त्यसैले साक्षी भाव राखेर आफुले आफैलाई हेर्नु पर्दछ, आफैसंग रम्नु पर्दछ भने ।
सो अवसरमा बोल्दै समूहका सक्रिय सदस्यहरु विश्वआदर्श पण्डित, डा. कपिल रिजाल, कृष्ण तिमल्सेना, पशुपति भण्डारी, कमल भण्डारी, सेवानिवृत्त क्याप्टेन हितमान गुरुङ, बिराज भट्ट, कृष्ण भट्ट लगायतका वक्ताले बेलायतमा लकडाउन शुरु भए पछि आफुहरुले नियमितरुपमा योग, ध्यान आदि अभ्यास शुरु गरेको र त्यो निकै लाभदायी भएको बताए। यसरी सामाजिक काममा जोडिन पाउँदा निकै खुसी लागेको विचार व्यक्त गरिएको थियो।
क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस