गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए सुर्य बहादुर खवास असार २३, २०७७ गते ५:१३ मा प्रकाशित युएई – कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा अलपत्र परेका नेपालिहरु मध्ये ३५ सय २ जना नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाली दुतावास अबुधावीका अनुसार गत १५ दिनको अवधिमा उनीहरुलाई उद्दार गरी नेपाल पठाईएको हो ।कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने सरकारको निति अनुसार दुतावासको समन्वय र सहजिकरणमा प्राथमिकताका आधारमा चार्टर्ड उडान मार्फत स्वदेश फर्किएका हुन । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई ५ तारीख आइतबार सम्ममा २० वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअरअरेबियाले चार्टर उडान भरेका छन ।सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, युएइमा लामो समय देखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्काइएको दुतावास श्रोतले बताएको छ ।नेपाल सरकारले लामो समय देखि रोजगारी गुमाएका, रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरु लाई नि:शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितहरुलाइ समेत पहिचान गरि स्वदेश फर्काइने दूतावासले जानकारी दिएको छ । क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न