गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय अंकित रावल असार १९, २०७७ गते १६:४७ मा प्रकाशित तुलसीपुर – दाङ तुलसीपुरमा रहेका बीमाकर्मीहरुद्वारा बीमालेख जारी गर्दा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन । आज विभिन्न इन्स्योरेन्स कम्पनीका शाखा प्रमुखहरु विचमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।गाडीहरुको बीमालेख जारी गर्दा सीट क्षमता , टन क्षमता घटाउने, सवारी चालक, हेल्पर, यात्रीहरुको शुल्क कम गर्ने, उधारोमा जारी गर्ने लगायत बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलीसी जारी गर्ने कार्य बिगतमा धेरै भैरहेको हुनाले यस्ता अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कार्य गर्न बाट रोक्न बैठकले यस्तो निर्णय गरेको हो ।सगरमाथा इन्स्योरेन्सका प्रमुख बेद प्रकाश अधिकारीको अध्यक्षतामा बसको बैठकले इन्स्योरेन्स कम्पनीले अबका दिनहरुमा अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कुनैपनि कार्य नगर्ने निर्णय गरेको नेको इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिएका छन ।यदि कुनै इन्स्योरेन्सले उधारो र बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलिसी गराएको पाईएमा कडा भन्दा कडा कारवाही गरिने भएको छ । बैठकमा नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिद्धार्थ,लुम्बिनी, एनएलजी, सगरमाथा, आइएमी जनरल्, प्रभु, युनाइटेड , नेको लगायत तुलसीपुरमा रहेका इन्स्योरेन्सका प्रमुख तथा बजार प्रतिनिधिको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ