गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा गुरुङको उम्मेदवारी गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा गुरुङको उम्मेदवारी दीप संञ्चार जेठ २३, २०७६ गते ०:३४ मा प्रकाशित गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा उत्तम गुरुङले उम्मेदवारीको घोषणा गरेका छन् । कतारमा रहेका नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको बताउदै उक्त घोषणा गरेका हुन् । वर्तमान कोषाध्यक्ष समेत रहेका गुरुङले आसन्न चुनावमा आफ्नो मूल्याँकन राम्रो हुनेमा विश्वस्त हुँदै एक विज्ञप्ति मार्फ़त आफ्नो उम्मीदवारीको घोषणा गरेका हुन् । गुरुङले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै ।“मेरो अपिल !“गैरआवसिय नेपाली संघ कतारको प्रथम उपाध्यक्षमा मेरो उम्मेदवारी”आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एवं अग्रज अभियन्ता, पंजिकृत सदस्य महानुभाव्, कतारमा कार्यरत सम्पुर्ण गैरआवसिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरु, एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।NRNA NCC कतारको 2017-2019 कार्यकालमा कोषाध्यक्षको रुपमा रहेर काम गरे पस्चात मैले सिकेको र महशुस गरेकोे समाज सेवा भित्रको मर्म र भावनालाई अझै बढी प्रभावकारी रुपमा यसै साझा सस्था मार्फत थप कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-20121 कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्षमा उमेद्वारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु ।कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा राख्दै, सबै परिषद सद्स्यहरुको साथ, सहयोग र बिस्वाशका साथ आफु निर्वाचित भएमा आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारीसँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न सक्ने तर्फ उन्मुख गराउदै हरेक नेपाली श्रमिकको दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन हजुरहरु कै सल्लाह सुझाबका साथ आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता यहाँहरु समक्ष गर्दै प्रथम उपाध्यक्षमा रहेर सेवा गर्ने मौका दिनु हुन सम्पूर्ण NRNA NCC कतारको पंजिकृत सदस्य सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।साथै NRNA NCC कतारले 2019-2021 कार्यकालको लागि सदस्यता आव्हान गरेको समेत जानकारी गराउन चाहन्छु । सक्दो बढी सदस्यता लिई दिन पनि सबै कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।उत्तम गुरुङ,कोषाध्यक्ष,NRNA NCC Qatarक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप