गृहपृष्ठ ∕ समाचार ∕ पोर्चुगलमा एक नेपाली युवा ४ दिनदेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह पोर्चुगलमा एक नेपाली युवा ४ दिनदेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह गणेश पाण्डे असार ८, २०७७ गते २१:३६ मा प्रकाशित लिस्बन – पोर्चुगलको राजधानी लिस्बनबबाट एक नेपाली युवा हराएका छन्। १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका १७ बर्षीय सिद्धान्त गुरुङ चार दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्।गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङका मातापिता ६ बर्षदेखी पोर्चुगलको राजधानी लिस्बनमा बसोबास गर्दै आईरहेका छन्। सम्पर्कबिहिन भएका सिद्धान्त आफ्ना मातापितासंग लिस्बनमा बस्दै आईरहेका थिए।गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त सबैतिर सोधपुछ गरे। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिए।छोरा सम्पर्कबिहीन भएको ४ दिन बितिसक्दा पनि कुनै खबर प्राप्त नभएकोले उनीहरुले नेपाली समुदायलाई पनि खोजी गरिदिनहुन आग्रह गरेका छन्। सम्पर्कबिहीन भएका सिद्धान्तका पिता सुरज गुरुङ र माता इश्वरी गुरुङ आफै पनि छोराको खोजीमा राजधानी लिस्बनका हरेक मेट्रो स्टेशन र गल्ली गल्लीमा चहारीरहेका छन्।उनीहरुसंगै नेपाली समाजका अगुवाहरु समेत सिद्धान्तको खोजी कार्यमा लागेका छन्। आज मात्रै युवा उद्यमी कमल मान गुरुङको नेतृत्वमा राजधानी लिस्बनको हरेक मेट्रो स्टेशनको सबै ४१ स्टप पोइन्टमा एकै साथ सयौ युवाहरुले खोजी कार्य गरेका थिए। सम्पर्कविहिन भएका सिद्धान्त कही कतै अल्मलिएका हुनसक्ने भएकोले उनीहरुले एकैसाथ एकै समयमा सम्भाव्य स्थानहरुमा खोजी गरको बताएका छन्।नेपाली दाजू भाई दिदी बहिनिहरुले राजधानी लिस्बनबाट ४ दिनदेखि हराईरहेका निज सिद्दान्त गुरुङलाई कही कतै देख्नुभयो वा भेट्नुभयो भने देहायको फोन नम्वर वा नजिकको प्रहरी कार्यालयमा संपर्क गरी सहयोग गरिदिनु हुन उनका परिवारले आग्रह गरेका छन्। – जिएनएन९२०२९९५७४ – ईश्वरि गुरुङ (आमा)९२०३१९५३९ – सुरज गुरुङ (बाबा)९२०४६५५६९ -बिकास गुरुङ९२०२४९०७९ – भिम गुरुङ’९२०४२१४९५- सम्झना गुरुङ९१९४७००७२ – कमल गुरुङक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै