गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ चर्को मूल्यको टिकटमा लगेज जम्मा २० केजी, यात्रुलाई मारमाथी मार चर्को मूल्यको टिकटमा लगेज जम्मा २० केजी, यात्रुलाई मारमाथी मार करिम बक्स मियाँ असार ७, २०७७ गते १:२१ मा प्रकाशित दोहा – उद्वार फ्लाईटको नाममा हिमालयन एयरलाइन्सको चार्टर उडानबाट नेपाल जाने यात्रुले जम्मा २० केजी र नेपाल एयरलान्सको उडानबाट जानेले २५ केजी लगेज लैजान पाउने भएका छन्।नाबालिगहरुले जम्मा ७ केजी मात्र लगेज लैजान पाउने एयरलाईन्सका अधिकारीले यात्रुहरुलाई जानकारी गराएका छन्। सरकारले निर्धारण गरेको झण्डै दोहोरो भाडादरको मारमा परेका नेपालीहरु लगेजमा समेत ठगिन पुगेका छन् ।लामो समयदेखी कतारमा कार्यरत रहँदा आफुले जम्मा गरेका झिटिगुन्टा २० किलोभन्दा धेरै लैजान नपाउने भएपछि बढी भएको सामानको मूल्य तिर्ने वा छोडेर जाने भन्ने अन्यौलताले सर्वासाधारण तेहेरो मारमा परेका छन्।लामो समयदेखी तलब नपाएका, कम्पनी बन्द भएका तथा विभिन्न समस्याले पिडित बनेका नेपालीहरु उद्वार उडानको नाममा महङ्गो फेयरको मूल्य तिरेर स्वदेश फर्किन बाध्य छन् भने आफुले जम्मा गरेका सामानहरु समेत छोडनु पर्ने अवस्था सिर्जना भएको छ।महङ्गो फेयर मूल्य तिरेर कम्तिमा ४० केजी लगेजपनि लैजान नपाउँदा सरकार र उड्डयन कम्पनीको मिलिभगतमा आफुहरु उद्वारको नाममा ठगिन पुगेको नेपाल जाने तालीकामा परेका पिडितहरुको गुनासो छ।नेपाल एयरलाइन्सको लागि कतारका प्रतिनिधिको भनाई अनुसार मूल्य र लगेज एयरलाइन्सले नभई नेपाल सरकारले नै निर्धारण गरेको बताए।चार्टर उडान भनेर यात्रुहरुबाट करीव दोहोरो भाडा असुलेका एयरलाइन्सले काठमाण्डौ-दोहा उडानमा कार्गो लिएर आउँदै छन्। २० जुनमा पहिलो उडान भर्ने नेपाल एयरलाईन्सको जहाजले नेपालदेखी कार्पेटहरुको कार्गो लिएर आउने र कतारदेखी यात्रु लिएर जाने तालीका रहेको एयरलाइन्सका कतार प्रतिनिधिले दीप संचार मिडियासंग बताएका छन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल