गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ चर्को मूल्यको टिकटमा लगेज जम्मा २० केजी, यात्रुलाई मारमाथी मार चर्को मूल्यको टिकटमा लगेज जम्मा २० केजी, यात्रुलाई मारमाथी मार करिम बक्स मियाँ असार ७, २०७७ गते १:२१ मा प्रकाशित दोहा – उद्वार फ्लाईटको नाममा हिमालयन एयरलाइन्सको चार्टर उडानबाट नेपाल जाने यात्रुले जम्मा २० केजी र नेपाल एयरलान्सको उडानबाट जानेले २५ केजी लगेज लैजान पाउने भएका छन्।नाबालिगहरुले जम्मा ७ केजी मात्र लगेज लैजान पाउने एयरलाईन्सका अधिकारीले यात्रुहरुलाई जानकारी गराएका छन्। सरकारले निर्धारण गरेको झण्डै दोहोरो भाडादरको मारमा परेका नेपालीहरु लगेजमा समेत ठगिन पुगेका छन् ।लामो समयदेखी कतारमा कार्यरत रहँदा आफुले जम्मा गरेका झिटिगुन्टा २० किलोभन्दा धेरै लैजान नपाउने भएपछि बढी भएको सामानको मूल्य तिर्ने वा छोडेर जाने भन्ने अन्यौलताले सर्वासाधारण तेहेरो मारमा परेका छन्।लामो समयदेखी तलब नपाएका, कम्पनी बन्द भएका तथा विभिन्न समस्याले पिडित बनेका नेपालीहरु उद्वार उडानको नाममा महङ्गो फेयरको मूल्य तिरेर स्वदेश फर्किन बाध्य छन् भने आफुले जम्मा गरेका सामानहरु समेत छोडनु पर्ने अवस्था सिर्जना भएको छ।महङ्गो फेयर मूल्य तिरेर कम्तिमा ४० केजी लगेजपनि लैजान नपाउँदा सरकार र उड्डयन कम्पनीको मिलिभगतमा आफुहरु उद्वारको नाममा ठगिन पुगेको नेपाल जाने तालीकामा परेका पिडितहरुको गुनासो छ।नेपाल एयरलाइन्सको लागि कतारका प्रतिनिधिको भनाई अनुसार मूल्य र लगेज एयरलाइन्सले नभई नेपाल सरकारले नै निर्धारण गरेको बताए।चार्टर उडान भनेर यात्रुहरुबाट करीव दोहोरो भाडा असुलेका एयरलाइन्सले काठमाण्डौ-दोहा उडानमा कार्गो लिएर आउँदै छन्। २० जुनमा पहिलो उडान भर्ने नेपाल एयरलाईन्सको जहाजले नेपालदेखी कार्पेटहरुको कार्गो लिएर आउने र कतारदेखी यात्रु लिएर जाने तालीका रहेको एयरलाइन्सका कतार प्रतिनिधिले दीप संचार मिडियासंग बताएका छन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट