गृहपृष्ठ ∕ समाचार ∕ पोर्चुगलमा कोरोनाभाइरस : संक्रमित बढे, नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै पोर्चुगलमा कोरोनाभाइरस : संक्रमित बढे, नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै गणेश पाण्डे जेठ २९, २०७७ गते १९:३५ मा प्रकाशित लिस्बन – पोर्चुगलमा कोरोना रोकथामको लागि सरकारद्वारा लगाईएको संकटकाल २ मे’मा हटेपछि जनजीवन सामान्य बनाउन चरणबद्ध रुपममा लकडाउन खुकुलो पार्दै लगियो।संकटकालको अन्त्य र लकडाउन खुलुको भएसंगै शुरुवातीका दिनमा नयाँ संक्रमतिहरु र मृतकहरुको संख्या घटेतापनि पछिल्लो चरणमा नयाँ संक्रमितहरुको संख्यामा ह्वात्तै वृद्धि भएको छ। अघिल्लो सातासम्म नयाँ संक्रमितहरुको ७० प्रतिशत बिरामी लिस्बनमा थिए भने यो साता नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै रहेका छन्।पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा ३५ हजार ६०० जना कोरोना संक्रमित रहेका छन्। कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या १ हजार ४९७ पुगेको छ। उपचार पश्चात निको हुनेको संख्या २१ हजार ७४२ रहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा ४०३ ले बढी हो। अघिल्लो दिन मात्रै कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएका छन्। जसमध्ये ४ जनाको मृत्यु लिस्बनमा मात्रै भएको छ।त्यस्तै सोहि समयमा २९४ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। नयाँ संक्रमितहरुमध्ये ९२ प्रतिशत बिरामी लिस्बनमा मात्रै रहेका छन्। कोरोनाका लक्षणहरु देखापरेका थप १ हजार ७२४ को स्वास्थ्य परिक्षण भईसकेको र नतिजाको पर्खाइमा रहेका छन्। संक्रमितहरुमध्ये ४१७ जनाको अस्पतालमा उपचार भईरहेको छ, जसमध्ये ७० जना सघन कक्षमा उपचारत छन्। जिएननक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप