गृहपृष्ठ ∕ समाचार ∕ साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल ? साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल ? गणेश पाण्डे जेठ २२, २०७७ गते १९:४९ मा प्रकाशित लिस्बन – पोर्चुगल सरकारले लिस्बन महानगरपालिकासंग सहकार्य गर्दै लिस्बनलाई साइकलमैत्री शहरको रुपमा निर्माण गर्दैछ। सरकारले लिस्बनमा साइकल किन्न चाहनेहरुका लागि ३० लाख युरोको कोषको निर्माण गरेको छ।वातावरणमैत्री परियोजनाका लागि यो रकम अहिलेसम्मकै सबैभन्दा ठुलो रकम हो। साइकल किन्न चाहनेहरुले सरकारले तोकेको पसलबाट मात्रै किन्न सक्नेछन् । लिस्बन महानगरपालिकाले ल्याएको यो प्रोजेक्टमा शहरभित्र अझै बढी साइकललेनको निर्माण पनि गरिनेछ र साइकल पार्किङ गर्ने स्थानहरु र क्षमता पनि बढाईनेछ।कार कल्चरलाई निरुत्साहित गर्दै साइकल कल्चरलाई प्रोत्साहन र वातावरणमैत्री गतिशिलतालाई थप सहयोग गर्न महानगरपालिकाले यो प्रोजेक्ट ल्याएको हो। ” मोबिलिटी फण्ड ” नाम दिईएको यो प्रोजेक्टमा १.५ मिलियन युरो सामान्य साइकल खरिद गर्न खर्च गरिनेछ भने बाँकी १. ५ मिलियन युरो इलेक्ट्रिक र कार्गो साइकल खरिद गर्न खर्च गरिनेछ। ” मोबिलिटी फण्ड “मा खर्च गरिने यो रकम पोर्चुगलको वातावरण मन्त्रालयले कम उत्सर्जन सवारी साधनहरुलाई बढावा दिन गरिएको खर्चको १० गुणाले बढी हो।परम्परागत साइकल खरिदमा प्रतिव्यक्ति १०० युरो प्रदान गरिने र यो सुबिधा बिद्यार्थीहरुका लागि मात्रै दिईने मोबिलिटी प्रोजेक्टका काउन्सिलर मिगेल गास्परले बताएका छन्। यो प्रोजेक्टमा १५ हजार साइकल खरिदमा सहयोग गर्न सकिनेछ। इलेक्ट्रिक साइकल महँगो हुने भएकोले प्रतिव्यक्ति साइकलको आधा मुल्य वा बढीमा ३५० युरो प्रदान गरिनेछ। यो प्रोजेक्टमा स्थानीय बासिन्दा र कामदारहरु लाभ लिन सक्नेछन् ।महानगरपालिकाले मोबिलिटी प्रोजेक्टका लागि लामो समयदेखि शहरमा साइकल व्यवसाय गर्दै आईरहेका व्यवसायीहरुसंग साझेदारी गर्ने भएको छ, जसले उनीहरुको व्यवसायमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ। महानगरपालिकाले मोबिलिटी प्रोजेक्टलाई थप दिगो बनाउन तिन हजार साइकल स्ट्याण्डको निर्माण गरिने बताएको छ।यस्ता साइकल स्ट्याण्डहरु अब सार्वजनिक स्थल, सार्वजनिक सडकका साथै अण्डर ग्राउण्ड कार पार्कहरुमा समेत निर्माण गरिने लिस्बन महानगरपालिकले जनाएको छ। – जिएनएनभिडियो हेर्नुहोस : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल